News Portal

  • सांग्रिला बैंकले निषेधाज्ञामा सहज सेवा दिन तोक्यो सम्पर्क व्यक्ति

    आर्थीकसंसार संवाददाता१७ वैशाख, २०७८
    ७२७ पटक
    १७ वैशाख, २०७८

    काठमाडौं । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाऊन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ ।
    निषेधाज्ञा अवधिमा बैंकका ग्राहकहरुले आधारभूत बैंकिङ्ग सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरेको बैंकले जानकारी दिएको छ ।
    बैंकको अनुसार यसका लागि काठमाडौं उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ भने प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गरिएको छ ।
    बैंकले काठमाडौं उपत्यकाका लागि विभिन्न शाखामा कुल १९ जना सम्पर्क व्यक्ति तोकेको छ भने प्रदेश नम्बर १, प्रदेश नम्बर २, भरतपुर क्षेत्रका लागि २–२ जना तोकेको छ भने मकवानपुर, बुटवल, बाग्लुङको लागि १–१ जना, नेपालगञ्ज क्षेत्रका लागि ३ जना, दाङ क्षेत्रका लागि एकजना, गोरखा क्षेत्रका लागि २ जना, कर्णाली प्रदेशका लागि एकजना, सुदुरपश्चिम क्षेत्रका लागि २ जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क तोकेको छ ।

    प्रतिकृया दिनुहोस्