News Portal

  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    आर्थिकसंसार संवाददाता२ भदौ, २०७७
    ९४९ पटक
    २ भदौ, २०७७

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । घिमिरेको निधन मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौैंका लाजिम्पाटस्थित आफ्नै घरमा भएको पारिवारिक स्रोेतले जनाएको छ ।
    उनको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।
    रामविलास (रचना १९९५) बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको २०१५ मा प्रकाशित गरेको गौरी खण्डकाव्य सबैभन्दा चर्चित खण्डकाव्य हो ।
    घिमिरेद्वारा लिखित ऋतम्भरा महाकाव्य उनको अपूर्ण कृति हो । त्यस्तै, पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०) जस्ता काव्यसंग्रहहरू, मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) जस्ता गीतिनाटकहरू घिमिरेलाई जीवन्त राख्ने साहित्यिक रचनाहरू हुन् ।
    उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको हो ।

    “सके केही गर,नसके संसार हेर्दै मुस्कुराउ”

    ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
    उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे …..’

    ‘आजै र राति के देखेँ सपना मै मरी गएको
    बतास बिनु हाँगाको फूल भुईँ झरी गएको ….’

    प्रतिकृया दिनुहोस्