काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल लिड डिस्प्ले जडान गरी सो बोर्डमार्फत समेत सन्देश प्रवाह गर्न सुरु गरेको छ ।
भविष्यमा आउने नौलो तथा नविनतम सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले २३६ व.फि.को डिजिटल लिड डिस्प्ले बोर्ड यस बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको हो ।
उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी जनचेतनामुलक सन्देशसम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको छ । यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङ्गलाई थप टेवा पुग्ने आशा बैंकले गरेको जनाएको छ ।
बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको सुरुवात गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतनासम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल ९५ वटा शाखा कार्यालयहरु तथा ३१ स्थानमा एटीएममार्फत ३ लाख हाराहारीका ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।
बैंकिङ्ग सन्देश प्रवाह गर्न सांग्रिला बैंकको कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान
आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७८
१६ वैशाख, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने