News Portal

  • कामना सेवा बैंकको ऋणपत्रले पायो आइएसआइएन नम्बर

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७८
    ७४५ पटक
    १६ वैशाख, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (केएसबिबिएल डिबेन्चर २०८७)ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक ईन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआइएन) प्राप्त गरेको छ ।
    गएको फागुन २२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले बिहीबार अंक उक्त अंक प्राप्त गरेको हो । ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपिइ०६८ए११०१ को आइएसआइएन प्रदान गरिएको छ ।
    उक्त परिचय अंक अन्तर्राष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । आइएसआइएन ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।

    प्रतिकृया दिनुहोस्