News Portal

  • गोर्खाज फाइनान्सको वार्षिक साधारणसभा स्थगित

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७८
    ४४१ पटक
    १६ वैशाख, २०७८

    काठमाडौं । गोर्खाज फाइनान्सले आगामी बैशाख २१ गते आह्वान गरेको २६औं वार्षिक साधारणसभा स्थगित भएको छ । कोभिड–१९ को दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै संस्थाले उक्त दिन गरिने भनिएको सभा हाललाई स्थगित गरेको हो ।
    बैशाख १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त सभा स्थगित गर्ने निर्णय गरेको हो । कोभिडको नयाँ भेरिएन्टको संक्रमण बढेकाले सरकारले बैशाख १६ गतेदेखि बैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेसँगै सञ्चालक समितिले हाललाई सभा स्थगित गर्ने निर्णय गरेको हो ।
    उक्त सभा अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको संस्थाले जानकारी गराएको छ । आर्थिक वर्ष २०७६÷७७ को साधारणसभामा बैशाख ५ गतेसम्म कायम सेयरधनीहरु भाग लिन सक्ने सभाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्