News Portal

  • भोलिदेखि सीइडीबी हाइड्रोपावरको साधारण शेयर निष्काशन हुने

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७८
    ११४७ पटक
    १६ वैशाख, २०७८

    काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि मिति २०७८ वैशाख १७ गतेदेखि प्रति कित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
    सो मध्ये कम्पनीले २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।
    यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटृड गरी ३ वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।
    कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आ.ब. मा प्रति शेयर आम्दानी १३।०५ र प्रति शेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ.व. २०७५÷०७६ मा १०.५४ प्रतिशत र २०७६÷०७७ मा ७.३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ.ब. मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।
    कम्पनीको साधारण शेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता रु १०० अंकित दरको २५,१८,२३० कित्ता साधारण शेयर मिति २०७८ वैशाख १७ गतेदेखि निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् । उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।

     

    प्रतिकृया दिनुहोस्