News Portal

  • सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७८
    ७०९ पटक
    १५ वैशाख, २०७८

    काठमाडौं । सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १०० रूपैयाँमा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई उक्त सहयोग गरेको हो ।
    बैंकले यस गुठीअन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई ५० हजार रुपैयाँका दरले हुने गरी कुल ३ लाख रुपैयाँ सहयोग गरेको हो । गुठीले उक्त रकम तेकिएको विद्यालयको सञ्चालनको लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पुर्याउने जनाएको छ ।
    बुधबार एक कार्यक्रमका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दिपक संजेललाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु हुँदै गुठीले गरेको कामको प्रशंसा गरे । यस्तै, दिपक संजेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सनराइज बैंकप्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बिकास गर्दै जाने जनाएका छन् ।
    सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्गलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड–१९ को कठिन घडीमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्