News Portal

  • नेपाल राष्ट्र बैंक ६५ वर्ष पूरा गरी ६६औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७८
    ९०८ पटक
    १४ वैशाख, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाकालको ६५ वर्ष पूरा गरी ६६औं वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकले आज ६६औं वार्षिकोत्सव मनाउने भएको छ । बैंकले आज ६५ वर्ष पूरा गरी ६६ वर्ष प्रवेश गरेको अवसरमा ६६औं वार्षिकोत्सव मनाउन लागेको हो ।
    विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बैंकले भच्र्युअल माध्यमबाट वार्षिकोत्सव मनाउने जनाएको छ । कोरोना भाइरसको संक्रमण झन बढ्दै गएको र राष्ट्र बैंककै केही कर्मचारीहरुलाई पनि कोरोना संक्रमण भएको कारणले बैंकले भच्र्युल माध्यमबाट वार्षिकोत्सव मनाउने जानकारी दिएको हो ।
    नेपाली बैंक तथा वित्तीय संस्थाको नियामक निकायका रुपमा काम गर्दै आएको नेपाल राष्ट बैंकको स्थापना सन् १९५६ अर्थात वि.सं २०१३ सालमा हो । २०७८ सम्म आइपुग्दा बैंकले ६६ वर्षमा प्रवेश गरेको छ ।
    बैंक स्थापना कालमा हिमालय शमशेर जबरा राणा गभर्नर रहेको राष्ट्र बैंकमा अहिले महाप्रसाद अधिकारी गभर्नरका रुपमा कार्यरत छन् । राष्ट्र बैंकले हालसम्म १७ वटा गभर्नर पाइसकेको छ ।

    प्रतिकृया दिनुहोस्