News Portal

  • लिवर्टी ईनर्जी कम्पनीको आईपीओ निष्काशन हुने

    आर्थीकसंसार संवाददाता०२ भदौ, २०७७
    १४८२ पटक
    ०२ भदौ, २०७७

    काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर विक्री खुला गर्न लागेको छ । यस अघि पहिलो चरणमा आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयलाई आईपीओ बाँडफाँड गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो ।
    आयोजना प्रभावित स्थानीयका लागि कम्पनीले साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरी साउन २४ गते बाँडफाँट गरेको हो । स्थानीयलाई जारी गरिएको मध्य विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वसाधारणमा आईपीओ विक्री गर्न लागिएको हो ।
    छिटोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म विक्रीमा रहने यस कम्पनीको शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि पनि शेयर बाँडफाँटपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । चुक्ता पुँजीमा संस्थापक तर्फ ७५ प्रतिशत , सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व रहनेछ ।
    कम्पनीले पहिलो आयोजना लमजुङ जिल्लामा निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ ।

    प्रतिकृया दिनुहोस्