News Portal

  • कृषि विकास बैंकको २ अर्ब बढी नाफा

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७८
    ३४७ पटक
    १४ वैशाख, २०७८

    काठमाडौं । बैंकले मंगलबार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सोअनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ ।
    उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.३९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड ४६ लाख रुपैयाँ नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा एक अर्ब ४३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, खुद ब्याज आम्दानी चार अर्ब ४२ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
    समीक्षा अवधिमा बैंकले १ खर्ब ४५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब ४३ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
    त्यस्तै, बैंकले कर्जा लगानीमा पनि बृद्धि गरेको छ । चालु आवको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ४५ अर्ब ९४ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने गत आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको सीसीडी रेसियो ७०.७७ प्रतिशत रहेको छ ।
    हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड रूपैयाँ र जगेडा कोषमा १० अर्ब ११ करोड रूपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.५७ प्रतिशतले घटेर ३.०८ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, प्रतिसेयर आम्दानी २२.१९ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्