News Portal

  • हिमालयन बैंकद्वारा एससिटि युनियनपे कार्ड सेवा सुरु

    आर्थीकसंसार संवाददाता१३ वैशाख, २०७८
    ५५३ पटक
    १३ वैशाख, २०७८

    काठमाडौं । हिमालयन बैंकले युनियनपेको सहकार्यमा एससिटि युनियनपे कार्ड सेवा सुरु गरेको छ । बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालित विशेष समारोहबीच उक्त कार्डको सेवा सुरु गरेको हो ।
    बैंकको अनुसार सो कार्ड नेपाल तथा भारतका प्रायः सबै एटिएम तथा पिओएस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ । यूनियनपेको अनुसार निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्वीकार्य हुनेछन् ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले बैंकले प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्सप्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्वीकार गर्ने र छिटै डाइनर्स एण्ड डीस्कभर कार्ड स्वीकार गर्ने एक मात्र बैंक हुने बताए ।

    प्रतिकृया दिनुहोस्