News Portal

  • सानिमा बैंकले माइती नेपाललाई दश लाख आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७८
    ५४५ पटक
    १२ वैशाख, २०७८

    काठमाडौं । सानिमा बैंक लिमिटेड रमाइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ ।
    मानव बेचविखन र लैङ्गिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने भएकोछ । माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ ।
    सो समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरे । सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।

    प्रतिकृया दिनुहोस्