News Portal

  • सनराइज बैंकको हेटौंडाको तरकारी बजारमा क्युआर कोड भुक्तानी सेवा

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०७८
    ४४६ पटक
    ११ वैशाख, २०७८

    हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा सनराइज बैंक हेटौंडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ ।
    वागमती प्रदेश राजधानी हेटौंडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो । क्युआर सेवा १० वटा तरकारी पसलमा सुरुवात गरिएको छ । यसको विस्तार खोपेगल्ली हुँदै हेटौंडा–१० स्थित सब्जीमण्डीमा पनि गरिने जनाइएको छ । सो बैंकले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै आइरहेको शाखा प्रबन्धक सुदर्शन खतिवडाले जानकारी दिए । यस क्युआर प्रणालीअन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्नेजस्ता फाइदा रहेको उनको दाबी छ ।
    कोरोना महामारीको अवस्थामा यस्तो सेवा झन प्रभावकारी रहने उपभोक्ताले प्रतिक्रिया दिएका छन् । हेटौंडा बजारलाई डिजिटल प्रणालीमा लैजान क्युआर सेवा राम्रो रहने हुँदा सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्रह गरिएको छ ।
    पहिलो चरणको कोरोना कहरमा खोपेगल्ली दुवै सडक सञ्जालमा सिल गरेको अवस्था थियो । त्यस्तो अवस्था नआउनका लागि सुरक्षित रहन डिजिटल बैंकिङ सेवा लिन र दिन सबैलाई अनुरोध गरिएको छ । यस प्रणाली नगदरहित कारोवारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको छ र डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोवारलाई थप प्रोत्साहन गर्न बैंकले डिजिटल कारोवारसम्बन्धी सचेतना कार्यक्रमसमेत गर्दै आइरहेको प्रबन्धक खतिवडाले बताए ।

    प्रतिकृया दिनुहोस्