News Portal

  • रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

    रिलायन्स फाइनान्सको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता१० वैशाख, २०७८
    ५२६ पटक
    १० वैशाख, २०७८

    काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रति कित्ता २६२ रुपैयाँबाटै सुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २८८ रुपैयाँमा किनबेच भएको थियो ।
    त्यसैगरी रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा ३७.३१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
    त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि बढेर १२ करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ३७.३१ प्रतिशतले बढी हो । त्यस्तै, संस्थाको वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको छ । समीक्षा अवधिमा संस्थाको उक्त नाफा १०१८ प्रतिशतले बढेर १० करोड ७९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको चैत मसान्तमा ९६ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
    समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३३.०६ प्रतिशतले घटेको छ । गत वर्षको चैत मसान्तसम्ममा १६ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आवको सोअवधिसम्ममा १० करोड ७ लाख रुपैयाँमा झरेको छ ।
    हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म ५ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १८.४५ र १६.३९ प्रतिशतले बढी हो ।
    संस्थाको निष्क्रिय कर्जा (एनपीएल) २.६३ प्रतिशतबाट घटेर १.८८ प्रतिशतमा झरेको छ । त्यस्तै, सीडी रेसियो घटेर ६४.९७ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी बढेर १३.९१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १५५.३२ रुपैयाँ पुगेको छ । त्यसैगरी, संस्थाको आधार दर र स्प्रेड दर घटेर क्रमशः ९.९ र ४.६७ प्रतिशतमा झरेको छ ।

    प्रतिकृया दिनुहोस्