News Portal

  • बेष्ट फाइनान्सको वार्षिक साधारणसभा ३१ वैशाखमा हुने

    आर्थीकसंसार संवाददाता१० वैशाख, २०७८
    ३८३ पटक
    १० वैशाख, २०७८

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते शुक्रबार हुने भएको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आफ्नो २४औं वार्षिक साधारणसभा गर्ने भएको हो ।
    सभाले संस्था अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जर तथा एक्विजशनमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । त्यस्तै, सभाले बेष्ट फाइनान्सको सञ्चालक समितिबाट संस्थापक सेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने छ । साथै, नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकको निर्वाचन गर्ने छ ।
    त्यसैगरी, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन तथा सो वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्ने छ । त्यस्तै, सभामा जाने प्रयोजनको लागि संस्थाको बैशाख १९ गते एकदिन बुक क्लोज हुने छ ।

    प्रतिकृया दिनुहोस्