News Portal

  • रिलायबल इन्स्योरेन्सले ४ करोड बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०७८
    ६१६ पटक
    ९ वैशाख, २०७८

    काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले ४ करोड दाबी बीमा रकम भुक्तानी गरेको छ । कम्पनीले सुलभ जीवन बीमा दाबी भुक्तानी बापतको ४ करोड रुपैयाँ स्व. हरि पन्तकी श्रीमती परु देवी पन्तलाई हस्तान्तरण गरेको हो ।
    कञ्चनपुरका स्व. हरी पन्तले २०७६ साल असोजमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमाको पहिलो किस्ता बापत सात लाख रुपैयाँ प्रिमियम तिरेका थिए । पन्तको बीमा गरेको एक महिनापछि २०७६ कात्तिकमा मृत्यु भएको थियो ।
    बीमा समितीका अध्यक्ष सूर्यबहादुर सिलवालले पन्तकी श्रीमतीलाई उक्त रकम बराबारको चेक हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्