News Portal

  • ज्योति बैंकको वितरणयोग्य नाफामा उल्लेख्य सुधार

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०७८
    ७६७ पटक
    ९ वैशाख, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८.१९ प्रतिशत बढिले खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मा ४३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सो अवधिसम्म ६० करोड २५ लाख रुपैयाँ बढी खुद नाफा कमाउन सफल भएको हो ।
    त्यस्तै, समीक्षा अवधिमा बैंकले वितरणयोग्य नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले चालु आवको पहिलो ९ महिनामा ४३ करोड ३१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । जुन अघिल्लो आवको चैत मसान्तसम्ममा ९ करोड ५४ लाख रुपैयाँ मात्रै रहेको थियो ।
    बैंकको प्रतिसेयर आम्दानी बढेर २०.८९ रुपैयाँ पुगेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात बढेर १२.७३ गुणा र प्रतिसेयर नेटवर्थ १३३.५३ रुपैयाँ पुगेको छ ।
    त्यस्तै, गत वर्ष ४३ करोड ६० लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा चालु आवमा बढेर ६० करोड २५ लाख रुपैयाँ पुगेको छ ।
    चैत मसान्तमा बैंकले खुद ब्याज आम्दानीबापत एक अर्ब एक करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ६.३३ प्रतिशतले घटी हो । बैंकले गत वर्षको यही अवधिमा एक अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    बैंकको निक्षेप संकलन र कर्जा परिचालनमा क्रमशः २४.८० प्रतिशतले र ३३.०४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकले ४५ अर्ब ३१ रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ५३ करोड रुपैयाँ रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले ३६ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । त्यस्तै, बैंकको जगेडा कोषको रकम ३० प्रतिशतले बढेर ८५ करोड २१ लाख रुपैयाँ नाघेको छ ।
    बैंकको एनपीएल ०.७६ प्रतिशतबाट घटेर ०.५८ प्रतिशतमा झरेको छ । सीडी रेसियो बढेर ७९.५४ प्रतिशत पुगेको छ । त्यसैगरी, बैंकको आधार दर र स्प्रेड रेट घटेर क्रमशः ८.५७ प्रतिशत र ४.६२ प्रतिशतमा झरेको छ ।

    प्रतिकृया दिनुहोस्