काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज (बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।
यससँगै, नवनिर्वाचित दुईजना सञ्चालक पौडेल र सुवेदी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने छन् ।
कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालयलगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालय, १० बीमा काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख रुपैयाँ संकलन गरी खुद नाफा ४ करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा ६ करोड २३ लाख रुपैयाँ संचित रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३ प्रतिशत, खुद नाफामा २४७.३९ प्रतिशत, एवं बीमाकोषमा १०४.०८ प्रतिशतले बृद्धि हासिल गर्न सफल भएको छ ।
त्यसैगरी अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन् । बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।
अजोड इन्स्योरेन्सको सञ्चालकमा पौडेल र सुवेदी निर्वाचित
आर्थीकसंसार संवाददाता७ वैशाख, २०७८
७ वैशाख, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने