News Portal

  • लुम्बिनी विकास बैंकको एकैदिन तीनवटा शाखा उद्घाटन

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०७८
    ३९४ पटक
    ७ वैशाख, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
    नयाँ खोलिएका शाखाहरु दमक नगरपालिका, बिर्तामोड नगरपालिका र कावासोती नगरपालिकामा रहेका छन् । योसँगैं बैंकको शाखाको संख्या ७२ पुगेको छ । हाल विकास बैंकको शाखा सञ्जाल देशका सातवटै प्रदेशका २९ जिल्लामा पुगिसकेको छ ।
    २०७७ चैत मसान्तसम्ममा विकास बैंकले कुल कर्जा ३२ अर्ब ३ करोड प्रवाह गरी ३४ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ ।

    प्रतिकृया दिनुहोस्