News Portal

  • जसपाको लुम्बिनीमा मन्त्री बनेका चार नेतालाई फिर्ता हुन आग्रह

    आर्थीकसंसार संवाददाता६ वैशाख, २०७८
    ८०५ पटक
    ६ वैशाख, २०७८

    काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।
    अशोककुमार यादवले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताएका छन् । सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर, अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।

    प्रतिकृया दिनुहोस्