काडमाडौं । हालै मात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । मिति २०७८ बैशाख ५ गते आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्नेसम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ ।
रु रु जलविद्युत परियोजनाका तर्फबाट कम्पनीका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रम एक समारोहका बीच रु रु जलविद्युत परियोजनाको केन्द्रीय कार्यालय हात्तिसार काठमाडौंमा सम्पन्न भएको छ ।
रु रु जलविद्युत परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भएको कम्पनी हो । यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ । रु रु जलविद्युत परियोजना लिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको जानकारी गराइन्छ ।
रुरु जलविद्युत परियोजनाले एनआईबिएल एस क्पापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त
आर्थीकसंसार संवाददाता५ वैशाख, २०७८
५ वैशाख, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान