News Portal

  • अजोड इन्स्योरेन्सको एक अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क आर्जन

    आर्थीकसंसार संवाददाता४ वैशाख, २०७८
    ५४९ पटक
    ४ वैशाख, २०७८

    काठमाडौं । अजोड इन्स्योरेन्सले नौ महिनामा एक अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एक अर्ब रुपियाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको हो ।
    सामाजिक सञ्जालमार्फत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले कम्पनीको प्रगति सार्वजनिक गरेका हुन् । २०६४ चैत २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको अजोड इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो । यसले २०७५ असार १५ गते बीमा समितिबाट निर्जीवन बीमासम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृति पाएको थियो । कम्पनीले २०७५ असार २१ गतेदेखि निर्जीवन बीमासम्बन्धी कारोबार गर्दै आइरहेको छ । हाल कम्पनीको २६ जिल्लामा ३८ वटा शाखा तथा उपशाखा कार्यालयहरू छन् ।

    प्रतिकृया दिनुहोस्