News Portal

  • लुम्बिनी जनरल इन्स्योेन्सद्वारा १० प्रतिशत लाभांश दिने

    आर्थीकसंसार संवाददाता३ वैशाख, २०७८
    ४५२ पटक
    ३ वैशाख, २०७८

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैशाख २ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले १० प्रतिशत लाभांश प्रदान गर्न प्रस्तावलाई पारित गरेको हो ।
    सञ्चालक सकितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंठकले ११ करोड ४१ लाख ८० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँको बोनस शेयर र ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।
    प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्