
काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८ बैशाख ३ गते देखि कारोबार सुरु भएको हो। बिशेष अदालत परिसरमा आज बिहान १०ः०० बजे बिशेष अदालत काठमाडौेंका माननीय न्यायाधीश प्रेमराज कार्कीबाट एक समारोहका बीच प्रभु बैंक लि. बिशेष अदालत काठमाडौं एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको थियो ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाडौंंमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित विशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र विशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।