News Portal

  • आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०७८
    ३५४ पटक
    २ वैशाख, २०७८

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११७५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ११७५ रुपैयाँबाटै सुरु हुने छ ।
    यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १२५७ रुपैयाँमा किनबेच भएको थियो । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले लाभांश र हकप्रद सेयर प्रस्ताव पारित गर्न सो दिन सभा बोलाएको हो ।

    प्रतिकृया दिनुहोस्