News Portal

  • आईएमई जनरल इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलायो

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०७७
    ३७७ पटक
    ३० चैत्र, २०७७

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन १० बजे काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो ।
    कम्पनीले सभामा लाभांश पारित गर्ने विशेष प्रस्ताव लैजाँदै छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३९ लाख ८६ हजार रुपैयाँ नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।
    त्यस्तै, सभाले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले चुक्ता पुँजीको अनुपात संस्थापक सेयरधनी समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहतर्फ ४० प्रतिशत रहेकोमा सो संशोधन गरी संस्थापक सेयरधनी समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी संशोधन गर्ने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ ।
    त्यसैगरी, सभाले कम्पनीको स्वतन्त्र सञ्चालकमा कृष्णप्रसाद शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेकाले सोको लागि अनुमोदन गर्ने छ । सभामा जाने प्रयोजनको लागि संस्थाको बैशाख २ गतेदेखि बैशाख १२ गतेसम्म बुक क्लोज हुने छ ।

    प्रतिकृया दिनुहोस्