
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न छुटको योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको हो ।
उक्त योजना अन्तर्गत बैंकका ग्राहकले सस्तोडिल, ग्यापु र स्टपग्रापबाट वैशाख ३ गतेसम्म विभिन्न सामग्रीहरु खरिद गर्दा २० प्रतिशत वा रु. एक हजार ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् । यसैगरी, बैंकले दराज अनलाईनसँगको सहकार्यमा इकमर्शमार्फत भुक्तानीमा २० प्रतिशत वा एक हजार ५ सय रुपैयाँसम्म छुटको समेत व्यवस्था गरेको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न विभिन्न इकमर्शसँग सम्झौता गर्दै आएको जनाएको छ ।
बैंकले पाँच तारे होटल म्यारियट र द्रिश्या लाउन्चमा नयाँ वर्षको दिन कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेको छ । बैंकले हाल देशभरका ३५२ शाखा कार्यालय, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर तथा ८० वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।