News Portal

  • सिटिजन्सका ग्राहकले किङ्स लाउञ्जमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०७७
    ९२८ पटक
    ३० चैत्र, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले दरबारमार्गस्थित किङ्गस लाउञ्जमा विशेष छुट पाउने भएका छन् । बैंक र लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।
    यो सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डबाहकहरु किङ्गस् लाउञ्जमामा कार्डबाट भुक्तानी गर्दा केही प्रतिशत छुट पाउनेछन् ।
    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । साथै, बैकले हालैमा युएसइडी इकम कार्डको सुरुवात गरेको छ, जसअन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्