News Portal

  • जनउत्थान लघुवित्तले ११औं वार्षिकोत्सव सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ चैत्र, २०७७
    ६५६ पटक
    २८ चैत्र, २०७७

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चैत २७ गते आफ्नो ११ औं वर्षिकोत्सव मनाउँदै संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले ११औं वर्षसम्मको निरन्तर यात्रामा विभिन्न चुनौती, आरोहअवरोहहरुका बीच पनि संस्थाको सफल सञ्चालन, संस्थाको उद्देश्य पूरा गर्न र संस्थाको सेवालाई प्रभावकारी बनाउन, गरिबी घटाउन, आयस्तर बढाउन, सीपको परिचालनबाट जीवन स्तर उकास्न, सामाजिक रुपान्तरणमा अमूल्य योगदान पुर्याउने कार्यमा यस संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
    साथै, संस्थाले गर्ने कार्य सम्पादनमा नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियमनकारी निकायहरु, सञ्चालक समितिका सदस्यहरु, संस्थापक तथा सर्वसाधारण शेयरधनी महानुभावहरु, शुभेच्छुक, सम्पूर्ण कर्मचारीहरु, संस्था प्रति विश्वसनीयता दर्शाई साझेदारी गर्नु हुने विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरु, संस्थाको सेवालाई उपभोग गरी संस्थालाई सफल ढङ्गबाट अगाडि बढाउन सहयोग पुर्याउने संस्थामा आवद्ध आदरणीय बैंकिङ्ग समुदाय सदस्यहरुप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्नुभयो र आगामी दिनहरुमा समेत लक्षित उद्देश्य हासिल गर्ने कार्यमा सम्पूर्ण महानुभावहरुलाई आश्वस्त पारे ।
    उक्त कार्यक्रममा सञ्चालक, संस्थापकहरु, कर्मचारीहरु, विभिन्न समुहमा आवद्ध समुह सदस्यहरु र भर्चुअल माध्यमबाट संस्थापकहरु तथा विभिन्न शाखाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट बैंकिङ्ग समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
    ११ औं वार्षिकोत्सवको सन्दर्भमा मिति २०७७ चैत्र २६, २७ र २८ गते ३ दिन संस्थाका ३९ वटै शाखा कार्यालयहरुमार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामग्री वितरण, दृष्टि विहीन, अपाङ्ग, जेष्ठ नागरीकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, लागु औषत सम्बन्धि सचेतना मूलक कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, अस्पताल भर्ना भएका विरामीहरुलाई फलफुल वितरण, हाजिरीजवाफ प्रतियोगिता, ट्राफिक कार्यालयहरुलाई ट्राफिक नियमहरु उल्लेखित साइन बोर्डहरु हस्तान्तरण, मन्दिरमा भएका मूर्ति संरक्षणलगायतका थुप्रै कार्यक्रमहरु गरेको संस्थाले जनाएको छ ।
    संस्थाले आफ्नो ११औं वर्षसम्मको यात्रामा पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्मका १० वटा तराईका जिल्लाहरु र थप ९ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालयमार्फत करिव ४४,७०० समुह सदस्यहरुका माझ सेवा पुर्याउनुका साथै समुह सदस्यको मागमा आधारित विभिन्न सीप मूलक तालिमहरु, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित सेवाहरुसमेत प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्