News Portal

  • एनआईसी एशिया? बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

    आर्थीकसंसार संवाददाता११ चैत्र, २०८१
    १४४ पटक
    ११ चैत्र, २०८१

    काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले नजिकिदै गरेको नयाँ वर्ष विक्रम संवत २०८२ सालको हार्दिक शुभकामनासहित आकर्षक साजसज्जामा डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि भनेर डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

    डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरिनुका साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरुसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा उक्त डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ ।

    प्रतिकृया दिनुहोस्