काठमाडौं । सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७८ को अवसरमा उक्त अफर सार्वजनिक गरेको हो ।
अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकले उक्त अफर ल्याएको हो । जसअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
यो योजनाअन्तर्गत बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट पाउने छन् । त्यस्तै, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशित वा अधिकतम १५०० रुपैयाँ सम्मको छुट पाउने बैंकले जनाएको छ ।
जसको लागि सानिमा बैंक र दराज केयमुबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरजराज श्रेष्ठ र दराज केयमुको तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका हुन् । यो योजना चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म लागू हुने छ । बैंकको डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।
सानिमा बैंकको नयाँ अफर, दराजबाट सामान किन्दा २० प्रतिशतसम्म छुट पाइने
आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७७
२७ चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने