काठमाडौं । ज्योति लाईफ इन्सुरेन्सले भक्तपुर नगरपालिकाका कर्मचारी स्वर्गीय रामकृष्ण नायजुको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको ५ लाख ५० हजार रुपैयाँ स्व. नायजुका श्रीमती रमा नायजुलाई चैत २५ गते प्रदान गरेको हो ।
भक्तपुर नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिका तथा ज्योति लाईफका पदाधिकारीको उपस्थितिमा बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेका हुन् ।
स्व नायजुको गत फागुन २४ गते अकस्मात निधन भएको थियो । नगरपालिकाका कर्मचारीहरु कुनै पनि आकस्मिक वा बिपदको परिस्थितिमा पनि निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीमा गरिएको थियो ।
ज्योति लाईफले आफ्नो स्थापनादेखि नै विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा विभिन्न सुविधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजनाको सेवा बिक्री गर्दै आएको छ । ज्योति लाईफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ ।
ज्योति लाईफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी
आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७७
२७ चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान