काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण गरेको छ ।
प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहलाई उक्त समारोहमा बिहिबार क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण गरेका हुन् । प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्युआर कोड र पिआएस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् ।
सो समारोहमा प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धि पुनित कार्यमा रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बाकेर हिड्नु नपर्ने जानकारी दिए ।
वि.स. २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ ।
कार्यकममा पूर्व प्रहरी महानिरिक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, उच्च प्रहरी अधिकृतहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण
आर्थीकसंसार संवाददाता२६ चैत्र, २०७७
२६ चैत्र, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता