News Portal

  • मेगा बैंकका कार्ड प्रयोगकर्तालाई टर्कीस एयरलायन्समा यात्रा गर्दा विशेष छुट

    आर्थीकसंसार संवाददाता२५ चैत्र, २०७७
    ४४१ पटक
    २५ चैत्र, २०७७

    काठमाडौं । टर्किस एयरलायन्सले मेगा बैंक नेपालका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ ।
    मेगा बैंक नेपालकी सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीबीच मेगा बैंकका ग्राहकहरुलाई टर्किस एयरलायन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो । सम्झौताअनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्सट्रा लगेजको सुविधा दिने भएको छ । यो छुट टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।
    नवीनतम बैंकिङ सुविधाका साथसाथै मेगा बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मललगायतका दर्जनौं विभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरुलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्