News Portal

  • डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल निर्वाचित

    आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७७
    ४५५ पटक
    २४ चैत्र, २०७७

    काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललगायत अन्य पदाधिकारीहरु सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।
    एशोसियसनको मंगलबार भएको पन्ध्रौं वार्षिक साधारणसभाले निम्न बमोजिमको कार्य समितिका पदाधिकारीहरु चयन गरेको छ ।
    यस्तै, एशोसियसन उपाध्यक्षमा सुयोग श्रेष्ठ, सचिवमा बोधराज देवकोटा, कोषाध्यक्षमा प्रविण बस्नेत चयन भएका छन् । सदस्यहरुमा भने नरेश सिंह बोहरा, प्रकाश पौडेल, श्रीचन्द्र भट्ट, नविन सुवेदी र उमेशकुमार आचार्य चयन भएका छन् ।
    सभाले आव २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आव २०७७÷०७८ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्तिलगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । जम्मा १५ सदस्य विकास बैँकहरुमध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्