News Portal

  • सिद्धार्थ बैंकको विद्यालय भवन पुनर्निर्माण गर्न हेल्प नेटवर्कलाई सहयोग

    आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७७
    ५३९ पटक
    २३ चैत्र, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यालय भवन पुननिर्माणमा सहयोग गरेको छ । बैंकले दोलखा जिल्लास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्कलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
    उक्त सहयोग रकम सोमबार बैंकको लाजिम्पाट अपिसकी हेड अफ सर्कल अफिस निमा नेपालले हेल्प नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेकी हुन् ।
    बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणमा खर्च गर्नेछ । हेल्प नेटवर्क दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको गैर सरकारी संस्था हो ।

    प्रतिकृया दिनुहोस्