News Portal

  • सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुङ्गाको करदाता कार्यालयमा

    आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७७
    ८५४ पटक
    २३ चैत्र, २०७७

    काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धीचरण नगरपालिका–११, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन सिद्धीचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले गरे ।
    योसँगैं ओखलढुङ्गा क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थमन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन् ।
    पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८९ एटियम रहेका छन् । बैंकले हालसम्म करीव ८२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्