News Portal

  • कुमारी बैंक २०औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७७
    ६२१ पटक
    २३ चैत्र, २०७७

    काठमाडौं । कुमारी बैंक स्थापनाको २०औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
    बैंकले यस अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष अमीर प्रताप राणाले उक्त सरसफाइ कार्यक्रमको शुभारम्भ गरेका थिए ।
    पशुपति क्षेत्र विकास कोष, काठमाडौं महानगरपालिका–८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलगायत उच्च व्यवस्थापनका पदाधिकारी र १५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
    हालसम्म आफ्ना देशव्यापी १ सय ९२ शाखा सञ्जाल, १ सय ६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्