News Portal

  • अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम

    आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७७
    ८६७ पटक
    २३ चैत्र, २०७७

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०७७।१२।२० देखि २०७७।१२।२२ सम्म इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ (तीन) दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भयो ।
    सो तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु. प्रबन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको रुपमा कार्य गर्नु भयो भने सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्