News Portal

  • कामना सेवा विकास बैंकले अटो व्यवसायीलाई क्यूआर कोड वितरण

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०७७
    ७८० पटक
    २० चैत्र, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंकले अटो व्यवसायीलाई क्यूआर कोड वितरण गरेको छ । बैंकले रुपन्देही जिल्ला बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५औं वार्षिक साधारणसभाको अवसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीलाई उक्त कोड वितरण गरेको हो ।
    बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई क्यूआर कोड वितरण गर्ने योजनाअनुरुप पहिलो चरणमा करिब ५० व्यवसायीलाई क्यूआर कोड वितरण गरेको छ । नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले उक्त कोड वितरण गरेको हो ।
    कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा क्यूआर कोड बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गरेका थिए भने तत्पश्चात अध्यक्ष पाण्डेले व्यवसायीलाई वितरण गरेका थिए ।
    नेपालकै नमुना अटो भिलेजको रुपमा रहेको बुटवल अटो इन्जिनियरिङ डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा मन्त्री चौधरीले खुसी व्यक्त गर्दै कामना सेवा बैंकलाई दिएका छन् । अन्य व्यवसायी संघ संस्थाहरुमा समेत यो अभियान अगाडि बढाउन सुझाव दिनु भएको थियो ।

    प्रतिकृया दिनुहोस्