काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले भिषा कार्डमार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । आम ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको हो । कन्ट्याकलेस (Contact Less) कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी POS (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ’ट्याप एण्ड पे’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।
कन्ट्याकलेस कार्डअन्र्तगत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी रु. २००० सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २००० भन्दा बढीको कारोबार गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ । बैंकले उक्त सेवा आफ्ना अधिकांश पीओएस मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको छ । उक्त सुविधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्नुहुनेछ ।
माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड सेवा सुरु
आर्थीकसंसार संवाददाता२० चैत्र, २०७७
२० चैत्र, २०७७- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम