काठमाडौं । आर्थिक वर्ष २०७५÷२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो ।
विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।
पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौंपटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा गर्व महसुस गरेको जनाएको छ ।
बैंकले व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ । नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागि पायोनियर बैंक हो । नबिलले स्थापनादेखि हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको जनाएको छ ।
नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको जनाएको छ ।
नबिल बैंकले राज्यबाट पाँचौं पटक सम्मानित
आर्थीकसंसार संवाददाता१९ चैत्र, २०७७
१९ चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने