काठमाडौं । कुमारी बैंकले उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंक र कार्गोबीच विभिन्न शीर्षकमा सहकार्य गर्ने सम्झौता भएको हो ।
बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप राणाको सभापत्यलगायत उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीको र एफवान स्फट इन्टरनेसनलका विश्वास ढकाल र युके एडअन्तर्गतको ‘सीप’का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यतालगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिकोबीच यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो ।
यस सहकार्यअन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्युआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र इएमआइ अप्सनलगायतका थप सेवा सुविधाहरु प्रदान गर्ने भएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
कुमारी बैंकले उपाय सिटी कार्गोका ड्राइभर पार्टनरलाई सहुलियतमा कर्जा दिने
आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७७
१८ चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने