News Portal

  • बैंक अफ काठमाण्डूद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

    आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७७
    ४७४ पटक
    १८ चैत्र, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ ।
    यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।
    बैंकको अनुसार ग्राहकहरुले यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स साइटहरुबाट एकपटक वा पटकपटक गरी पाँच सय अमोरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
    बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्