News Portal

  • हिमालयन बैंकद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०७७
    ५६६ पटक
    १७ चैत्र, २०७७

    काठमाडौं । हिमालयन बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबिएल डलर प्रीपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ । यस सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।
    यस कार्ड सुविधाबाट खातावालाहरुले भारतबाहेक अन्य देशहरुको ई–कमर्श साइटहरुबाट वर्षमा एकपटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबरसम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् । बैंकको अनुसार इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्नुपर्नेछ ।
    बैंकले हाल ७१ शाखा, ४ विस्तारित काउन्टर, १ सय ४६ एटिएम र ४२०० भन्दा बढी पीओएस टर्मिनल्समार्पmत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।

    प्रतिकृया दिनुहोस्