News Portal

  • बैंक वित्तीय संस्था तथा ब्रोकरहरुले नियम विपरीत शेयर धितो कर्जा दिँदै बैंक

    आर्थीकसंसार संवाददाता
    ५४५ पटक

    काठमाडौं । कोभिड–१९ को महामारीको अवधिमा सर्वसाधारण लगानीकर्तालाई राहात प्रदान गरेको नेपाल पुनर्बीमा कम्पनीको दोस्रो बजारमा १८३ दिनमा ३८ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका क्रममा उद्योग कलकारखाना, स्कुल, कलेज, व्यापार वन्द गर्दा कतिपय सर्वसाधारण लगानीकर्ताले नेपाल पूर्वाधारको शेयर बिक्री गरेर खर्च टारेका थिए ।
    नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार गएको असार १५ गतेदेखि सुरु भएको थियो । पहिलो कारोबार नै ३ सय ८२ रुपैयाँमा भयो । कारोबार सुरु भएको केही दिनमै ५ नाघेपछि हरेक दिन सर्किट लागेको थियो । सर्किट लाग्दै लाग्दै सबैभन्दा अधिकतम १८३६ रुपैयाँ पुग्यो । अहिलेसम्मको औषत मूल्य भने १११६ रुपैयाँ पर्न आउँछ ।
    कम्पनीको प्राथमिक शेयर बाँडफाँड हुँदा सर्वसाधारणले न्युनतम ४० कित्ता र अधिकतम ५० कित्तासम्म पाएका थिए । गत वर्षको चैत ४ गदेखि ७ गतेसम्म प्राथमिक शेयर निष्काशन गरेको थियो । नेपाल सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि लकडाउन गर्दा बाँडफाँडमा ढिलाइ भएको थियो ।
    कम्पनीले सर्वसाधारण समूहको एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीले कर्मचारीका लागि ७३ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ८ लाख कित्ता बाँडफाँड गरिएको थियो । म्युचुअल फण्डहरुले खरिद गरेको अधिकाम्स शेयर बिक्री गरेका छन् । कर्मचारीहरुले खरिद गरेको शेयर भने तीन वर्षसम्म बिक्री गर्न पाउदैनन् ।
    कम्पनीले अन्तर्राष्ट्रिय व्यवसाय भित्र्याउनका लागि रेटिङ अनिवार्य गर्नुपर्छ । राम्रो रेटिङका लागि कम्पनीले पुँजी बढाउनुपर्ने विज्ञहरु बताउछन् । यसै विश्लेषण गरेर कम्पनीले हकप्रद शेयर निष्काशन गर्नुपर्ने बाध्यता रहेको लगानीकर्ताको अनुमान छ । हकप्रद र गएका वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने हल्लाले पनि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य बढिरहेको हो ।
    दोस्रो बजारमा मूल्य बढ्दा एकै दिन एक अर्ब १६ करोड रुपैयाँसम्म कारोबार भएको थियो । एक अर्बभन्दा माथिको कारोबार तीन दिन भएको पाइन्छ । लगानीकर्ताले कम्पनीको शेयर मूल्य अझै माथि पुग्ने अनुमान लगाउँदै अधिकांशले १६ सय देखि १८ सयको बीचमा अत्याधिक कारोबार भएको छ ।
    हालसम्म कम्पनीको १८३ दिन मात्रै कारोबार भयो । तर कतिपय बैंक वित्तीय संस्था तथा ब्रोकरहरुले नियमविपरीत शेयर धितो कर्जा प्रवाह गरिरहेका छन् । भित्रि रुपमा उनीहरुले कर्जा प्रवाह गरिरहेका छन् । नियमअनुसार दोस्रो बजारमा सूचीकृत भएको २ सय ५० दिन कारोबार भएको हुनुपर्छ ।

    प्रतिकृया दिनुहोस्