
काठमाडौं । महालक्ष्मी विकास बैंकको १९औं वार्षिक साधारणसभाले ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
शुक्रबार सम्पन्न भएको बैंकको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.८० प्रतिशत का दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै बैंकले साधारणसभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।