News Portal

  • मेगा क्यापिटलमा एक दिनभित्रै डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०७७
    ४७४ पटक
    १३ चैत्र, २०७७

    काठमाडौं । मेगा क्यापिटल मार्केट्सले एक कार्यदिनमै डिम्याट खाता खोलिदिनुको साथै मेरो शेयरको आईडी र पासवर्ड दिने भएको छ । कुनै पनि सेवाग्राहीले दिउँसो २ बजेसम्म डिम्याट फर्म भरेमा सोही दिन डिम्याट खाता र मेरो शेयर दिने मेगा क्यापिटलले जनाएको छ ।
    मेगा बैंकका शाखा कार्यालय, एक्सटेन्सन काउन्टर वा मेगा क्यापिटल मार्केट्स लिमिटेडमा दिउँसो २ बजेभित्र फर्म बुझाएका ग्राहकहरुलाई सोही दिन डिम्याट खाता नम्बर र मेरो शेयर आईडि पासवर्ड प्रदान गर्ने गरी क्यापिटलले व्यवस्था मिलाईसकेको जनाएको छ । यदी सोहि दिन डिम्याट खाता नखोलियमा डिम्याट शुल्क फिर्ता गर्ने ग्यारेन्टीसमेत क्यापिटलले गरेको छ ।

    प्रतिकृया दिनुहोस्