News Portal

  • ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०७७
    ४३० पटक
    १३ चैत्र, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
    तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ७३ पुगेको छ ।
    हालसम्म बैंकले देशका ७६ जिल्लामा फैलिएको २ सय ७३ शाखा सञ्जालसहित २ सय ४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ५७ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्