News Portal

  • सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी विदेशमा भुक्तानी गर्न पाइने

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७७
    ८१८ पटक
    १२ चैत्र, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक बिहीबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको छ ।
    यस सुविधा सञ्चालनपश्चात सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नेछन् ।
    बैंकको अनुसार कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ र प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्